२ असार २०८३, मंगलबार Wed Jun 17 2026

जनताले दिएको मतको गुन विकास गरेर तिर्नेछु : स्वर्णिम वाग्ले



काठमाडौं । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् ।

निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले भने, ‘तनहुँको मात्र नभई देश विकासका मुद्दा उठाउनेछु, जनताले दिएको मतको गुन यहाँको विकास गरेर तिर्नेछु ।’

उनी ३४ हजार ९१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत मात्र पाएका छन् । वाग्ले र भट्टराईबीचको मतान्तर १४ हजार ७९७ रहेको छ । नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत पाएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ११ : २८ बजे