पुस २४, २०८१ बुधबार Thu Jan 9 2025

नबिल बैंक लिमिटेड र सांग्रीला मोटोर्सबीच व्यवसायिक सम्झौता



काठमाडौँ । नबिल बैंक लिमिटेड र सांग्रीला मोटोर्स प्रा।लि। बीच व्यवसायिक सम्झौता भएको छ । नबिल बैंकले सांग्रीला मोटोर्स प्रा।लि।ले बिक्री गर्दै आएको गाडी खरिदका लागि कर्जा दिने सम्झौता भएको हो । बैंक र सांग्रीला मोटोर्स प्रा।लिबीच भएको समझदारी अनुसार अब प्युजो र सिट्रोनका गाडीहरु खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सजिलै ऋण पाउने भएका छन् ।

उक्त व्यवसायिक सम्झौंता पत्रमा बैंकको तर्फबाट प्रबन्धक सचिन अमात्य र सांग्रीला मोटोर्स प्रा।लि।को तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले संयुक्त हस्ताक्षर गरेका हुन् ।

सो सम्झौंतापछि प्युजो र सिट्रोनद्वारा निर्मित गाडीहरु खरिद गर्दा छिटो, छरितो र सरल ब्याजदरमा सवारी साधन ऋण उपलब्ध गराइने जारी विज्ञप्तीमा बताइएको छ ।
यो योजना सबै नबिल बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडी खरिदको लागि सहुलित ऋण सुविधा दिइने छ । नबिल बैंकको देशभर फैलिएका २४८ शाखाबाट सहुलियत ऋण सुविधा उपलब्ध हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ३ : ५७ बजे