काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप स्वास्थ्य उपचारका लागि छिमेकी मुलुक भारत लैजाने तयारी भएको छ ।
पेट र छातीमा देखिँदै आएको स्वास्थ्य समस्या सुधार नभएपछि चिकित्सकको सल्लाहमा राष्ट्रपति पौडेललाई श्री एयरलाइन्स मार्फत अहिले भारत लैजाने तयारी भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
छातिमा संक्रमण बढे पछि राष्ट्रपति पौडेल सोमवार साँझ शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका हुन ।राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएपछि पाँच दिन अघि मात्र शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

