२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

चितवन २ र तनहुँ १ मा नेसपाले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने



नेपाल समाजवादी पार्टीले चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने भएको छ।

मंगलबार बसेको केन्द्रीय कार्यकारिणी बैठकले ती क्षेत्रमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले जानकारी दिए।

उक्त पार्टीले सम्बन्धित प्रदेश र क्षेत्रका पार्टी समितिलाई निर्वाचनमा परिचालित हुन निर्देशनसमेत दिएको छ। यही वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ । सो निर्वाचनमा चिनवन क्षेत्र नं २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र तनहुँ क्षेत्र नं १ मा गोविन्द भट्टराई उम्मेदवार छन् । श्रेष्ठ र भट्टराई सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : १५ बजे