२ बैशाख २०८३, बुधबार Thu Apr 16 2026

रवि लामिछानेका चालक छतबाट खसेको प्रकरणमा दुई जना नियन्त्रणमा



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा घरको छतबाट खसेको घटनामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले रास्वपाका महामन्त्री डा. मुकुल ढकालका गाडी चालक कालुराम राजवंशी र अर्का क्यामेरा पर्सन कुशल राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराती भरतपुर–११, स्थित रवि लामिछानेको घरको दोस्रो तलाबाट चालक थापा खसेका थिए ।

गम्भिर घाइते थापाको टाउकोमा गम्भीर चोट लागेको र हाल भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ४ : ०५ बजे