३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

आज प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफलहुने भएको छ ।

संसदमा विधेयक अगाडि बढाउनेबारे आज बिहान ९ बजे उनीहरुबीच बालकोटमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

बालकोट पुगेर एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिए ।

विगत केही दिनदेखि संबैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल भइरहेको छ ।

यो बीचमा ३ दिन यता पुर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भइ छलफल अवरुद्ध भएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ८ : ४० बजे