सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सलहेस चर्चा गर्ने भएको छ । गाउँपालिकाले सलहेसको चर्चा कार्यक्रम गहवर पोखरिया बजारमा गर्न लागेको हो ।
कार्यक्रम चन्द्रनगर गाउँपालिका वडा नम्बर ४ मा अपरान्ह १२ः३० बजे शुरु हुने भएको छ । उक्त सलहेस चर्चा कार्यक्रमका वक्तमा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, राष्ट्रियसभाका सदस्य राधेश्याम पासवान, मैथिली साहित्यकारसभा नेपालकी उपसभापति पुनम झा मैथिली, भारतका लोकविद् ओ विशिष्टका अध्यक्ष डा. महेन्द्रनारायण राम र मधेश प्रज्ञाप्रतिष्ठान नेपालका वरिष्ठ साहित्यकार ओका अध्यक्ष डा.रामभरोस कापडी रहेका छन् ।