पुस २४, २०८१ बुधबार Thu Jan 9 2025

माई खोला हाइड्रोपावर कम्पनीले वैशाख ८ बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दै



काठमाडौं । माई खोला हाइड्रोपावरले वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले सर्वसाधारणका लागि सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले कूल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागेको हो । न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सो सेयरको लागि वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने वैशाख २४ गतेसम्म खुला रहनेछ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै आइपीओ बिक्री गरी बाँडफाँड गरिसकिएको छ । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ३ : ५६ बजे