५ बैशाख २०८३, शनिबार Sun Apr 19 2026

घुसको कुनै पनि लेनदेन भएको छैन : लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच पैसाको कुरा मात्र आएको बताएका छन् ।

तनहुँको आबुखैरेनीमा आयोजित चुनावी कोण सभामा सम्बोधन गर्दै लामिछानेले घुसको लेनदेन नभएको बताएका हुन् । उनले कतै सो विषयमा कतै प्रमाण नभएको उल्लेख गरेका छन् ।

सांसदले कुनै व्यक्तिसँग मन्त्री बन्नका लागि पैसाको डिल गरेको अडियो सार्वजनिक भएको उल्लेख गरेका हुन् ।
सार्वजनिक पद धारण गरेकोे कुनै पनि मान्छेले गैरकानुनीरुपमा क्रियाकलाप गर्नु कानुनविपरित भएकाले उनलाई पाटीले कार्बाही गरेको सभापति लामिछानेले बताए ।

यस्तै लामिछानेले नेपालका राजनीतिक दलले ७० वर्षमा नगरेको अभ्यास र अनुभव ९ महिनामा राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नुपरेको पनि बताए।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  २ : ०९ बजे