माघ ६, २०८१ आइतबार Sun Jan 19 2025

दिपायल सिलगढी नगरपालिकाद्वारा वृहत् लिफ्ट सिँचाइ योजना निर्माण थालनी



डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाले पहिलो पटक वृहत् लिफ्ट सिँचाइ योजना निर्माण थालनी गरेको छ । दिपायल सिलगढी नगरपालिकाले वडा नम्बर १, २ र ३ मा बासुधारामा रहेको सेती नदीबाट लिफ्ट सिँचाइ योजना निर्माण थालेको हो । उक्त सिंचाई योजना निर्माण ६० लाख रुपैयाँ लागतमा सुरु गरिएको जनाइएको छ ।

सो योजना निर्माणपछि सेती नदीको पानी दुई सय मिटर अग्लो उचाइमा ‘रिजर्भ’ गर्नुपर्ने हुन्छ । त्यसबाट झन्डै तीन हजार घरपरिवारले सिँचाइ सुविधा पाउनेछन् । यो योजना क्रमिक रुपमा चल्ने भएकाले २०८० सालभित्र सक्ने गरी निर्माण थालिएको नगर कार्यपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ७ : ०३ बजे