रुकुम । रुकुमको बाफिकोट गाउँपालिका वडा नम्बर ८ निवासी अमर केसीले मस्कुलर एट्रोफी–टाइप २ बाट पीडित बालकलाई आर्थिक सहयोग गरेका छन् । हाल दुबई पुलिसमा कार्यरत केसीले मस्कुलर एट्रोफी–टाइप २ बाट पीडित २० महिने प्रणय केसीलाई स्पाइनल रु. ५१ हजार आर्थिक सहयोग गरेका हुन् ।
स्पाइनल मस्कुलर एट्रोफी एक मानव जीवनलाई एकदमै खतरामा पार्ने रोग हो । यो न्यूरो मस्कुलर वंशानुगत असन्तुलन हो । स्पाइनल मस्कुलर एट्रोफी एक गतिशील रोग हो । यो रोगले मानिसको मांसपेशीहरूमा गम्भीर असर पार्ने गर्दछ । यसले अशक्तता, मेरुदण्डको स्कोलियोसिस र फोक्सोको कार्यमा गम्भीर अवरोध गरी स्वासप्रश्वासमा समस्या पार्दछ ।
२० महिनाका बालक प्रणयलाई यस्तो पीडादायी रोग स्पाइनल मस्कुलर एट्रोफीले सताएको छ । यस रोगको उपचार एकदमै खर्चिलो हुने डाक्टरले बताएका छन् । यो रोगको उपचारका लागि २८ करोडभन्दा बढी खर्च हुने डाक्टरको भनाइ छ । प्रणयको उपचार ४ महिनादेखि २ वर्ष पुग्दासम्म गर्नुपर्ने पनि डाक्टरहरूले जनाएका छन् ।
बच्चाका अभिभावकरुले विगत ६ महिनादेखि उपचार गर्दा आफूसँग भएको सबै सकिएको बताएका छन् । अहिले प्रणयका अभिभावक भन्छन्, ‘बाबु प्रणयको उपचारको लागि हामीसँग सम्पत्ति छैन त्यसैले सहयोगी हातको पर्खाइमा छौं ।’ प्रणयको स्वास्थ्य अवस्थाबारे थप जानकारीको लागि सम्पर्क: +977-9851066369 उल्लेख गरिएको छ ।
सहयोगको लागि:
Bank: Global IME Bank Ltd.
Branch: Sankhamul, Kathmandu
A/C No.: 25707010154833
A/C Name: PRANAYA KC

