माघ ६, २०८१ आइतबार Sun Jan 19 2025

गुणस्तरहीन ठहर भएपछि दोहो-याएर पीच गरिँदै



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर ४ मा निर्माण भएको सडकको पीच गुणस्तरही भएको भन्दै पैसा रोक्का भएको छ ।

गाउँपालिकाले उक्त सडकको पीच विस्तृत अनुगमन गरी गुणस्तरहीन भएको ठहर गर्दै रकम रोकेको हो ।

यसरी चन्द्रनगर गाउँपालिकाको वडा नम्बर ४ मा निर्माण गरिएको सडक पीच गुणस्तरहीन ठहर भएर पैसा रोकिएपछि फेरि गुणस्तरीय पीच गर्न दोहो-याएर काम थालिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : ५१ बजे