५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

राष्ट्रपति पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति पौडेलले पोखरेललाई आइतबार नियुक्त गरेका हुन् ।

पोखरेल नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन् । पुराना पत्रकार पोखरेल राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्तसमेत हुन् । यसअघि पौडेलले निजी सचिवालयमा मिडियासमेत हेर्ने गरी पत्रकार खिला कार्कीलाई नियुक्त गरेका थिए ।

राष्ट्रपतिले अहिलेसम्म सल्लाहकार र स्वकीय सचिव गरी १० जनालाई नियुक्त गरिसकेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  २ : ३५ बजे