कर्णली । कर्णाली प्रदेशको बाँफिकोट गाउँपालिकाले कानुनी सल्लाहकार नियुक्त गरेको छ । गाउँपालिकाले पुष्पा वलीलाई कानुनी सल्लाहकारमा नियुक्त गरेको हो ।
वली सानीभेरी गाउँपालिका वडा नम्बर ७, रुकुम पश्चिमकी स्थायी वासिन्दा हुन् । वलीलाई बाँफिकोट गाउँपालिकाले करार सेवाको लागि कानुनी सल्लाहकार पदमा नियुक्त गरेको हो ।
उनलाई लिखित र मौखिक परीक्षा प्रणाली उत्तीर्ण गर्न सफल भएपछि गाउँपालिको कानुनी सल्लाहकारमा नियुक्त गरिएको जनाइएको छ ।
वलीलाई गाउँकार्यपालिकाको यही चैत्र १९ गतेको निर्णयअनुसार कानुनी सल्लाहकारमा नियुक्त गरिएको गाउँपालिकाद्वारा जारी सूचनामा जनाइएको छ ।