४ बैशाख २०८३, शुक्रबार Sat Apr 18 2026

अख्तियारले सिम्रौनगढ नगरका तत्कालीन प्रशासकीय अधिकृतसहित तीनमाथि भ्रष्टाचार मुद्दा चलायो



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनीसहित लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध मुद्दा चलाएको हो। त्यस्तै, आयोगले तीनैजनाविरुद्ध एक लाख ९९ हजार ८९७ रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा चलाएको जनाइएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीको सफ्टवेयर खरिद तथा जडान कार्यका लागि उनीहरूले १ लाख ९९ हजार ८९७ बजेट स्वीकृत गराएर सफ्टवेयर खरिद गरेका थिए। उक्त ःसफ्टवेयर प्रयोग नगरी सरकारी सम्पत्ति हानी(नोक्सानी गरेको आरोप उनीहरूमाथि लागेको हो।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ३ : ४७ बजे