२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

एसियाली विकास बैंक नेपालका निर्देशक र अर्थमन्त्री डा. महतबीच छलफल



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग एसियाली विकास बैंकका नेपाल निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नाउड काउचियोसले भेट गरेका छन्।
भेटवार्तामा एसियाली विकास बैंक नेपाल निर्देशकसँग नेपालको वर्तमान अर्थतन्त्रबारे छलफल भएको थियो ।

अर्थमन्त्री महतले भने, दातृ निकायबाट प्राप्त सहयोग समयमा खर्च हुन नसकेको बारे उनीहरूले चिन्ता व्यक्त गरेका छन् । विकास निर्माण कार्यमा ढिला सुस्ती भएर ठेक्का प्रकृयाका कामहरू अगाडि बढ्न नसकेकोमा पनि दातृ निकाय चिन्तित रहेका छन्।ु

यदि काम छिटो हुने हो भने अझ धेरै सहयोग उपलब्ध गराउन दातृ निकाय तयार रहेकोे डा. महतले बताए। विश्व बैंकका प्रतिनिधिले पनि अनुदान र सफ्ट लोन दिएर सहयोग गर्न चाहेको उनले बताए।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ३ : ३६ बजे