४ बैशाख २०८३, शुक्रबार Sat Apr 18 2026

दोलखामा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको समिति गठन



दोलखा । दोलखा जिल्लामा नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको समिति गठन गरिएको छ । दोलखाको सदरमुकाम चरिकोट स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको तदर्थ समिति गठन गरिएको हो ।

समिति गठन कार्यक्रमले अनिल तामाङको अध्यक्षतामा २१ सदस्सीय समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा कृष्ण कुमार तामाङ ९थोकर० र राजेस श्रेष्ठ रहेका छन् भने सचिवमा प्रदिप तामाङ, नवराज योन्जन तामाङ , सहसचिवमा राजकुमार श्रेष्ठ, निमागेली शेर्पा र कोषाध्यक्षमा लिलादेबी जिरेल छानिएका छन् ।

त्यसैगरी सदस्यहरुमा दिपक श्रेष्ठ, होमबहादुर मगर, राजेश योन्जन, विष्णु थामी, कविराज कुसुले, काजि गोले, गोमा थामी, टासी शेर्पा, बालकुमारी तामाङ ,सुवास तामाङ, सागर जिम्बा, प्रेम जिरेल, सुनमायाँ तामाङ, कृष्णप्रसाद बाहादुर तामाङ र सीता श्रेष्ठ रहेका छन् । उक्त कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति वर्मा लामा, महाधिवेशन प्रतिनिधि बाबुकाजी बस्नेत र उर्मिला कार्की उपस्थित रहेका थिए । त्यसैगरी कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ३ : २४ बजे