३१ जेष्ठ २०८३, आइतबार Sun Jun 14 2026

कुखुराको मासुको मूल्य घटेपछि किसान मर्कामा



काठमाडौं।पोल्ट्री व्यावसायीले कुखुरा मासुको मूल्य घटाएपछि किसान मर्कामा परेका छन्। मंगलबारदेखि लागू हुने गरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपियाँले घटाइएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ।

अब जिउँदो ब्रोइलर कुखुराको मूल्य २८० रुपियाँ प्रतिकिलो कायम भएको छ। यसरी मूल्य घटाउँदा आफूहरूलाई नसोथिएको कुखुरा किसानको गुनासो छ।

जिउँदो बोइलर कुखुराको मूल्य घटेसँगै तयारी मासुको मूल्य पनि घटेको छ। ४०० रुपैयाँ केजी रहेको तयारी मासुको मूल्य ३९० रुपियाँ पुगेको संघका अध्यक्ष जङ्गबहादुर बेल्बासेले बताए।

पोल्ट्री व्यवसायीले किसानको खोरबाट प्रतिकेजी २८० रुपियाँमा खरिद गरी ३९० मा बेच्ने गरेका छन्। नेपाल कुखुरा किसान सङ्घका अध्यक्ष झनक पौडेलले पोल्ट्री व्यवसायीले घटाएको मूल्य आफूहरूलाई स्वीकार नहुने चेतावनी दिएका छन्।

पोल्ट्री व्यवसायीले आफूहरूसँग २००–२५० रुपियाँ प्रतिकेजी खरिद गरेर लैजान्छन् र त्यसलाई तयारी गरेर ४०० देखि ४५० रुपियाँ प्रतिकेजीमा बिक्री वितरण गर्ने गरेको अध्यक्ष पौडेलले दाबी गरे।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ९ : २७ बजे