४ बैशाख २०८३, शुक्रबार Sat Apr 18 2026

उपनिर्वाचनका लागि उम्मेदवारी दिएकाहरूको नामावली आज प्रकाशन गरिँदै



काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएकाहरूको नामावली आज प्रकाशन गरिँदै छ ।

निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म उम्मेदवारी र त्यसविरुद्ध परेका उजुरीको जाँचबुझ गर्नेछ र आजै साँझ ६ बजेभित्र उम्मेदवारको नामावली सार्वजनिक गर्ने तालिका छ ।

तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ । त्यसका लागि सोमबार तीनै क्षेत्रमा उम्मेदवारी दर्ता गराइएको थियो । उम्मेदवारहरूविरुद्ध उजुरीका लागि मंगलबार समय छुट्याइएको थियो ।

यस क्रममा चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी परेका छन् । सोअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई आज दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।

बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ताका लागि आयोगले समय तोकेको छ । सोही दिन दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारले चुनाव चिह्न पाउनेछन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ९ : २२ बजे