काठमाडौं । सुदूरपश्चि प्रदेशको नेपाल नगरपालिका संघको पहिलो बैठक सम्पन्न भएको छ ।उक्त बैठकमा सुदूरपश्चि प्रदेशका मुख्य मन्त्री कमलबहादुुर शाहको उपस्थिति रहेको थियो ।
मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण नगरपालिका र गांउपालिकालाई मतभेद नगरी बजेट विनियोजित गर्ने प्रतिबद्धता जनाएका छन् ।
मुख्यमन्त्री शाहको सो प्रतिवद्धतालाई स्थानीयवासीहरु हर्षित भएका छन् । त्यसैगरी स्थानीय जनप्रतिनिधिहरुले मुख्यमन्त्री शाहको सो प्रतिवद्धता एकदमै सकारात्मक भन्दै खुशी व्यक्त गरेका छन् ।