गुल्मी । एकल पुरुषलाई इस्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्तावापत मासिक एक हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
अहिलेसम्म पालिकाभित्र ५५ वर्षमाथिका ७० जना एकल पुरुषको तथ्यांक संकलन भएको जनाइएको छ । गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन परिचयपत्र बनाउने कार्य गरिरहेको छ ।