४ बैशाख २०८३, शुक्रबार Sat Apr 18 2026

एमालेले मधेस प्रदेश सरकारबाट राजीनामा दिदैँ



काठमाडौं । मधेस प्रदेशको सरकारबाट एमालेको मन्त्रीले आज राजीनामा दिदैँछन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केन्द्रमा रहेको गठबन्धन अनुसार प्रदेशमा पनि सरकार बनाउने भएकाले सहजता बनाई दिन आग्रह गरेपछि सरकारबाट राजीनामा दिन लागेको एमालेका प्रदेश सभा सदस्य एवं भौतिक मन्त्री सरोज यादवले जानकारी दिन ।

मधेश प्रदेशमा एमालेलाई सहजता अनुसार निर्णय गरि मुख्यमन्त्रीले पनि सहजता गरिदिन आग्रह गरेपछि राजीनामा दिने निर्णयमा मधेश प्रदेश पुगेको हो ।

यसअघि एमालेसहितको गठबन्धनले केन्द्रसहित सबै प्रदेशमा सरकार बनाएको थियो । कांग्रेससँग गठबन्धन बनेपछि केन्द्रदेखि प्रदेश सरकारमा रहेका एमालेका मुख्यमन्त्री र मन्त्रीहरू धमाधम सरकार छोडिरहेका छन् ।

मधेस प्रदेशमा एमालेले सरकार छाडेपछि कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टी सहभागी हुने जनाइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  २ : ४२ बजे