काठमाडौं । काठमाडौं महानगरपालिकाले ५१ जना कार्यालय सहयोगी माग गरेको छ । महानगरले करार सेवामा ५१ जना कार्यालय सहयोगीहरु माग गरेको हो ।
महनगरपालिकामा कायम रहेको खाली दरबन्दीमा कार्यालय सहयोगी पद करारमा पूर्ति गर्नेगरी कार्यालय सहयोगीको दरखास्त आह्वान गरेको हो ।
१० कक्षा पास गरेका १८÷३५ वर्षसम्मका पुरुष र १८४० वर्षसम्मका महिलाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । उम्मेदवारले ‘कार्यालय सहयोगी अनलाइन दरखास्त प्रणाली’ मार्फतमात्र आवेदन दिनुपर्ने नियम महानगरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।