बैशाख १६, २०८१ आइतबार Sun Apr 28 2024

गाउँपालिका अध्यक्षद्वारा निर्माणाधिन पुलको अनुगमन



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले निर्माणाधिन पुलको अनुगमन गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार महत्वले अब चान्दनी चौकबाट बिर्ताबजार जाने बाटोबीचको खोलामा निर्माण भइरहेको पुलन अनुगमन गरेका हुन् ।

योसहित सर्लाहीको चन्द्रनगर गाउँपालिकामा विकास निर्माणका कामहरु धेरै भएको स्थानीयको भनाइ छ । खासगरी गाउँपालिका अधिक्ष महत्वको पहलमा अन्यको तुलनामा जनचासोका बढी काम भएको बताइएको छ ।

अन्य ठाउँका स्थानीय तहको तुलनामा सर्लाहीको चन्द्रनगरमा विकास निर्माणका काम चुस्त, दुरुस्त र छिटोछरितो ढंगले हुने गरेको प्रत्यक्षदर्सीको भनाइ छ । अध्यक्ष महत्वको जस्तोसुकै काम पनि तुरुन्तै गर्ने बानीले पनि अन्यको तुलनामा चन्द्रनगर अगाडि भएको हो ।

अब चान्दनी चौकबाट बिर्ताबजार जाने बाटोबीचको खोलामा निर्माण भइसकेपछि यस आसपासका स्थानीयवासीहरु लाभान्वित हुने अध्यक्ष महत्वको भनाइ छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ४ : ५२ बजे