माघ ६, २०८१ आइतबार Sun Jan 19 2025

स्थानीय चार सहिदको सम्झनामा आज कीर्तिपुरमा सार्वजनिक विदा



काठमाडौं । चार सहिदको सम्मानमा आज कीर्तिपुर नगरपालिकामा सार्वजनिक बिदा गरिएको छ । प्रजातन्त्र प्राप्तिको लागि वलिदान दिएका स्थानीय चार शहिदको सम्झनामा आज कीर्तिपुरमा सार्वजनिक बिदा दिइएको हो ।

२०४६ सालको जनआन्दोलनमा हिराकाजी महर्जन, लनबहादुर महर्जन , राजेन्द्र महर्जन र राजमान महर्जन कीर्तिपुरमा शहिद भएका थिए ।

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले २०४६ सालको जनआन्दोलनदेखि कीर्तिपुरवासीले शहिद दिवस मनाउने गरेको स्मरण गराउँदै त्यसलाई निरन्तरता दिन आज कीर्तिपुर क्षेत्रमा स्थानीय तहमा सार्वजनिक बिदा गरिएको बताएका छन् ।

नगरपालिकाले आज बिहान खसिबजारमा प्रभातफेरी कार्यक्रम आयोजना गरी चार शहिदको सम्झना गरेको थियो । मेयर नकर्मीले प्रत्येक वर्ष आजकै दिन कीर्तिपुरका स्थानीय चार शहिदको सम्झनामा शहिद दिवस मनाउने बताएका छन् ।

गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ३ : २१ बजे