सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले नाढीमन तालको मोहार (डिल)को मर्मत सम्भारका लागि माटो पुर्ने र डिलको सतह मिलाउने काम थालेको छ ।
गाउँपालिकाले क्षतिग्रस्त भएर भत्किएको अवस्थामा रहेको नाढीमन तालको सुकेको भागका माटो खन्ने काम र मोहार मर्मत सम्भारको लागि राम नवमीको पावन अवसर पारेर काम सुरु गरेको हो ।
गाउँपालिकाले उक्त कार्य आफ्नै डोजरको प्रयोग गरेर शुरु गरेको छ । गाउँपालिकाको सहयोग र सक्रियतामा भएको नाढीमन तालको क्षतिग्रस्त मोहारको मर्मत सम्भारले दालको सौन्दर्यिकरण र व्यवस्थापन गर्न दीगो रुपमा सहज हुनेछ अध्यक्ष राजकुमार महत्वले बताएका छन् ।
अध्यक्ष महत्वका अनुसार नाढीमन तालको संरक्षण, सम्वद्र्धनले आन्तरिक तथा वाह्य पर्यटक बढ्नुका साथै ऐतिहासिक तालको संरक्षण हुने छ ।