बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्ने भएका छन् ।

काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले आज बिहान ८ बजे बालुवाटारमा छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्ने निर्णय गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ८ : ५७ बजे