बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

चन्द्रनगर गाउँपालिकाको पहल र स्थानीयको सहयोगमा नाढीमन ताल संरक्षण, सम्वद्र्धन र मौलिकीकरण



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले पर्ने नाढीमन ताल संरक्षण, मौलिक पुननिर्माण, सौन्दर्यीकरण र व्यवस्थापन गरी विशिष्ट गर्ने भएको छ । उक्त ताललाई अद्वितीय र उत्कृष्ट पर्यटन गन्तव्य मध्येको एक बनाउने गाउँपालिकाको दीर्घकालिन सोच साथ काम अगाडि बढाइएको हो ।

उक्त सोच र संकल्प अनुरुप नाढीबजार क्षेत्रको ऐलानी पर्ती जग्गामा वर्षौदेखि घर टहरा कटघेरा राखेर व्यापार व्यवसाय गर्दै आएका व्यवसायी तथा स्थानीयसँग गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाको आग्रह अनुसार आफनो घर, टहरा कट्घेरा हटाई उक्त क्षेत्र खाली गरेर नाढीमन ताल क्षेत्रप्रति देखाएको सद्भावप्रति सर्वसाधारणप्रति आदर र सम्ममान व्यक्त गरिएको छ ।

गाउँपालिका अध्यक्ष राज कुमार महतोले भनेका छन्, ‘नाढीमन ताल प्रकृतिले हाम्रो गाउँपालिकालाई दिएको अनुपम सम्पदा हो, हाम्रो गौरव हो । यसको संरक्षण, विकास र प्रवर्दनमा गाउँपालिका पूर्ण प्रतिबद्ध रहेको आभास यहांहरुले गर्दै हुनु हुन्छ भन्ने विश्वास लिएका छौ ।

अहिलेसम्म नाढीमन तालले हामीलाई दियो, अब नाढीमन तालको संरक्षण, विकास र प्रवर्दनको लागि हामी सबैले योगदान गर्ने समय आएको छ । नाढीबजार क्षेत्रका व्यवसायी, सामाजिक अगुवा, जनताले देखाउनु भएको सदभाव र सहयोगको उच्च सम्मान गर्दै यहाँहरुप्रति सदा आभारी रहने व्यहोरा अनुरोध गर्दछ ।’

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ५ : ३३ बजे