२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

जसपाका नेता अशोक राई बने शिक्षामन्त्री



काठमाडौं । ‘कन्फ्लेक्ट अफ इन्ट्रेस्ट’ हुने गरी जसपाका नेता अशोक राई शिक्षामन्त्री बनेका छन् । उनी काठमाडौँको बुद्धनगरमा रहेको स्वप्न बाटिका स्कुलका अध्यक्ष हुन् ।

दुईवटा मन्त्रालय पाएको जसपाको सिफारिसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमन्त्रीमा राईलाई नियुक्त गरेका हुन्।

सुनसरी १ बाट प्रतिनिधि सभामा विजयी भएको भन्दै स्कुलले सन् २०२२ नोभेम्बर २८ मा बधाई ज्ञापन गरेको छ। उक्त फेसबुक स्टाटसमा राई विद्यालयका अध्यक्ष भएको उल्लेख छ।

प्रधानमन्त्री प्रचण्डले अघिल्लोपटक राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललाई शिक्षामन्त्री बनाएका थिए । खनाल पनि स्कुलका सञ्चालक हुन् ।स्वप्न बाटिका स्कुलका अध्यक्ष अशोक राई बने शिक्षामन्त्री

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ४ : १८ बजे