बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

खानेपानी मन्त्री अब्दुल खानले बुझाए प्रधानमन्त्रीलाई राजीनामा



काठमाडौं । सातौंपटकको मन्त्रिपरिषद् पुनर्गठनकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई झट्का लागेको छ । नेपाली कांग्रेस सरकारमा सहभागी भएकै दिन जनमत पार्टी सरकारबाट बाहिरिएको छ ।

जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दल खानले राजीनामा दिएका छन् । उनले शुक्रबार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा दिएका हुन् ।जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो। मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिएर सरकारबाट बाहिरिएको हो । जनमत पार्टी अब मधेस प्रदेश सरकारबाट पनि बाहिरिने भएको छ ।

अघिल्लोपटक मन्त्रिपरिषद् विस्तार गर्दा प्रचण्डले जनमतलाई उद्योग मन्त्रालय दिने वाचा गरेका थिए । तर शुक्रबार गरेको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय नै यथावत् राखिएपछि असन्तुष्टि बढेको हो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ४ : १६ बजे