बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

कृषि विकास बैंकले मनायो १६ औं वार्षिक साधारण सभा



काठमाडौं । कृषि विकास बैंकले स्थापनाकालको १६ औं बार्षिक सााधारण सभा मनाएको छ । बैंकले वार्षिक साधारण सभा केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा गरेको हो । । बैंकको सोह्रौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रम वृहत कार्य सञ्जालद्वारा आफ्ना वस्तुरसेवाहरुलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरुमा विस्तार गर्ने बताइएको छ । त्यसरी विस्तार गर्दा देशभर छरिएर रहेका २८० वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न सफल भएको बताइएको छ । नेपालका वाणिज्य बैंकहरुमध्ये कृषिमा सबैभन्दा बढी लगानी गर्नेमा कृषि विकास बैंकलाई लिन सकिन्छ ।

साधारण सभाले बैंकका करिव ३ लाख ६० हजारको संख्यामा रहेका शेयरधनीहरुलाई उत्साहजनक प्रतिफलस्वरुप चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश र दुई प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पास गरेको छ ।

सभामा वक्ताको रुपमा सहभागि शेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले शेयरधनीहरुबाट प्राप्त सुझावलाई समेत आधार बनाई अगामी दिनमा बैंकलाई थप शसक्त रुपमा अगाडि बढाउने प्रतिवद्धतासमेत जनाएका छन् । उक्त साधरण सभामा विभिन्न निकाय,संघ,संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक सञ्चालक समितिका सदस्यहरु सुमन दाहाल, डा.राजेन्द्र मिश्र, संजिव पौडेल, हरिप्रसाद पराजुली, रीता सुवेदीको उपस्थिति रहेको थियो ।

बैंक सञ्चालक समितिमा समूह (ख) सर्वसाधरण शेयरधनीहरुको तर्फबाट तीन जना सञ्चालकहरु सदस्य क्रमशः गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, तथा विनोद कुमार गुरागाईँ आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएको घोषण प्रमुख निर्वाचन अधिकृत (वरिष्ठ अधिवक्ता) यदुनाथ खनालले गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : ५० बजे