माघ ६, २०८१ आइतबार Sun Jan 19 2025

मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनविरुद्ध प्रदर्शन भएको छ । महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएपछि सुकुमबासीले सोमबार प्रदर्शन गरेका हुन् ।

कानुनविपरीत सुकुम्बासीहरुलाई उठिबास लगाउन खोजेको उनीहरूको आरोप छ । मेयर बालेनको अगुवाइमा कानुनविपरीत सुकुम्बासीलाई उठिबास लगाउन खोजेको भन्दै सोमबार नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म विरोध प्रर्दशन गरिएको छ ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले संविधान, कानुनविपरीत भूमिहीनहरुलाई जग्गाधनी पुर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर बालेनले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए । भूमि अभियन्ताहरुलाई रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहित नाराबाजी गरिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ३ : ३७ बजे