सर्लाही । सर्लाही चन्द्रनगर गाउँपालिको ऐतिहासिक गौचरण बजारलाई थोक बजारमा विकास गर्ने थालनी भएको छ । गाउँपालिकाले विगत २० वर्षदेखि बन्द रहेको ऐतिहासिक गौचरण बजार थोक बजारमा विकसित गर्न लाथेको हो ।
चन्द्रनगरगाउँपालिका वडा नम्बर २ मा अवस्थित उक्त ऐतिहासिक गौचरण बजारलाई थोक बजारको रुपमा सुचारु गरी संचालन व्यवस्थापन गर्न वडा नम्बर १, २ र ३ का दुई सयभन्दा बढी किसानहरुको भेलाले १५ सदस्यीय संचालन तथा व्यवस्थापन समिति सर्वसम्मति रुपमा चयन गरेको छ ।
![](https://i0.wp.com/palikasamaya.com/wp-content/uploads/2023/03/2-11.jpg?resize=720%2C324&ssl=1)
![](https://i0.wp.com/palikasamaya.com/wp-content/uploads/2023/03/3-7.jpg?resize=720%2C324&ssl=1)
भेलामा किसानहरु तथा जनप्रतिनीधिहरुको उपस्थिति रहेको थियो । गौचरण थोक बजार सञ्चालनका लागि ठगित व्यवस्थापनको नवगठित समितिले आगामी दिनमा बजार व्यवस्थापनमा राम्रो भूमिका खेल्ने आशा उपस्थिति किसान तथा गाउँपालिका र वडा जनप्रतिनिधिहरुले आशा लिएका छन् ।