१३ असार २०८३, शनिबार Sat Jun 27 2026

लुम्बिनीमा माओवादीका मन्त्रीले दिए राजीनामा



बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।

लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् । माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्रीले प्रदेससभाबाट विश्वासको मत नपाएको अवस्थामा गिरी नेतृत्वको सरकार ढल्ने छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १ : ०९ बजे