चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

राप्रपाकी नेतृ कुन्ती पोख्रेलको नेतृत्वमा कागेश्वरी मनोहरामा महिला भेला सम्पन्न



काठमाडौं । निर्वाचन क्षेत्र २ अन्तर्गतर कागेश्वर मनोहरा नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला भेला सम्पन्न भएको छ । उक्त महिला भेला राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य तथा नेतृ कुन्तीदेवी पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो । सो भेलामा ७ सयभन्दा बढी महिलाहरुको उपस्थिति रहेको थियो । राप्रपाकी केन्द्रीय सदस्य तथा नेतृ कुन्तीदेवी पोख्रेलको अध्यक्षतामा भएको महिला भेलामा कागेश्वरी मनोहरा नगरपालिकाका महिलाहरुको व्यापक सहभागिता रहेको थियो ।

उक्त महिला भेलाकी अध्यक्ष नेतृ कुन्तीदेवी पोख्रेलले महिला दिदीबहिनीहरुले आर्थिक रुपमा पुरुषको पछि लाग्ने होइन । महिलाहरु नै सक्षम हुनुपर्छ भन्ने विषयलाई जोड दिएकी थिइन् । नेतृ पोख्रेलले आर्थिक रुपमा आफू सक्षम हुनको लागि महिलाले आफ्नो क्षेत्रमा आयआर्जनमुखी काम गर्नुपर्ने बताइन् । त्यसको लागि महिला दिदीबहिनीहरुलाई उद्यमी हुनुपर्ने र उद्यमशील महिला नै यो समाजमा समक्षम हुने भएकाले त्यो क्षमता र सपी आफूसँग भएको जिकिर गरिन् ।

नेतृ पोख्रेलले महिला सक्षम हुनको लागि महिलाले उत्पादन गरेका सामानहरु महिला दिदीबहिनीहरुले आफ्नै जस्तो गरी उपयोग गर्नुपर्ने र त्यसबाट नै महिलाको हक अधिकार सुनिश्चित हुने बताई । त्यसको लागि महिला दिदीबहिनीहरु चनाखो हुनुपर्नेमा पनि नेतृ पोख्रेलको जोड थियो । नेतृ पोख्रेल थप्छिन्, ‘हाम्रो छिमेकी मुलुक भारतमा पनि हिजो विकासको लागि महिला सशक्तिकरण नै महत्वपूर्ण रहेको थियो ।’ हाम्रो देश नेपालमा पनि महिला सशक्तिकरण विकासको मूल आधार हो, नेतृ पोख्रेलको जोड छ ।

नेतृ पोख्रेल अगाडि भन्छिन्, ‘ नेपालमा पनि समाजको उन्नतिको लागि महिला संगठन दरिलो चाहिन्छ । देश विकासको हरेक क्षेत्रमा महिला सहभागिताको आवश्यकता छ ।’ अहिलेसम्म राजनीतिक दलहरुले जति महिलाको हक अधिकारका कुरा गरेपनि त्यो कागजमै सीमित छ । त्यसलाई व्यवहारमा ल्याउर लागु गराउन कुनै दलका नेताहरुले सकेका छैनन् ।

अहिले पनि नेपाली महिलाहरु शोषण, दमनमा परिरहेका छन् । छिमेकी मुलुक भारतमा महिला हकहितका लागि प्रत्येक घर–घरमा महिलाले उत्पादन गरेका समान प्रयोग गरेर पनि महिलालाई माथि उठाउने काम गरिन्छ । तर, हाम्रो देशमा महिलाहरु उद्यमशील बन्छु भन्दा पनि सरकार र सम्बन्धित निकाय र महिलाबाटै सहयोग भएको पाइँदैन । नेपाली महिलालाई आत्मनिर्भर बनाउन महिलाहरु नै सजग हुनुपर्नेमा नेतृ पोख्रेलको जोड छ । उनी भन्छिन्, ‘नेपाली महिलाको विकास उन्नतिका लागि उनीहरुको समस्या बुझेर महिलाले नै त्यसको समाधानमा अगाडि बढ्नुपर्ने बताउँदै महिलाले आफू सक्षम हुनको लागि महिलाहरु नै सजग हुने पर्छ ।’

त्यसको लागि महिला उद्यमीहरुले उत्पादन गरेका समग्रीहरुको महिलाले उपयोग गर्नुपर्छ । किन भने हरेक घरपरिवारमा कुन सामानको खाँचो भन्ने कुरा महिलालाई थाहा हुन्छ । र, कुन उद्यमीले उत्पादन गरेको सामान आफ्नो हितमा छ भन्ने कुरा पनि महिलालाई नै थाहा हुन्छ । त्यसको लागि महिला उद्यमीलाई अगाडि बढाउनुपर्छ । राज्यका हरेक अंगले महिला हक अतिकारको कुरा उठाएका हुन्छन् तर त्यो कुरा नारामा मात्रै सीमित भएको नेतृत्व पोख्रेलको दावी छ ।

उनी भन्छिन्, ‘महिला दिदीबहिनीले आफ्नो हक अधिकारलाई सुनिश्चित गर्नको लागि महिलाहरु उद्यमी हुनुपर्छ । त्यसको लागि उद्यमी महिलाको साथ र सहयोग चाहिन्छ । यदि तपाईंहरु आफ्नो हक अधिकार सुनिश्चित गर्न र आफू आत्मनिर्भर हुन चाहनुहुन्छ भने उद्यमी बन्नुहोस्, नेतृ पोख्रेल बताउँछिन् ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ९ : ०८ बजे