बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको सात दिने अल्टिमेटम



काठमाडौं ।काठमाडौं महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । शनिबार गोरखापत्रमा प्रकाशित सूचनामा नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिइएको हो ।

काठमाडौं महानगरभित्रका बागमती, बिष्णुमतीलगायत नदी किनारमा अनधिकृत संरचनाहरू सातदिन भित्र हटाउन महानगरले सूचना जारी गरेको हो ।

एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सो को खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ११ : १० बजे