चैत्र ६, २०८० मंगलबार Tue Mar 19 2024

स्थानीय तहले हाजिर नगराएपछि ३० उपसचिवहरु अलपत्र



काठमाडौं । संघीय मामिला मन्त्रालयले नगरपालिकामा ‘निमित्त’ झिक्न ५० उपसचिव (प्रमुख प्रशासकीय अधिकृत) स्थानीय निकायमा पठाएको थियो । त्यसरी केन्द्र सरकार संघीय मामिला मन्त्रालयले स्थानीय तहमा पठाएका ५० जनामध्ये ३० जनालाई विभिन्न स्थानीय तहहरूले हाजिर नगराई फर्काइदिएका छन्।

त्यसरी स्थानीय तहले फर्काएका उपसचिवहरूलाई हाजिरी नगराइ फर्काइदिएको छ । यसरी केन्द्र सरकारले पठाएका ती ३० जना उपसचिवहरु एक महिनादेखि अलपत्र भएका छन्। शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएका ५६ उपसचिवमध्ये ५० उपसचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा पठाएको थियो ।

लामो समयदेखि विभिन्न स्थानीय तहमा कार्यरत निमित्त कर्मचारी झिक्न मन्त्रालयले एकैपटक ठूलो संख्यामा विभिन्न उपसचिवलाई स्थानीय तहमा खटाएको थियो। यसरी ५० जना उपसचिवलाई स्थानीय तहमा खटाएको विषयलाई मन्त्रालयले ठूलो उपलब्धिका ठानेको थियो ।

तर ५० मध्ये आधाभन्दा बढी ठाउँमा स्थानीय तहले केन्द्रले पठाएका कर्मचारी फर्काएका छन् । यसरी स्थानीय तहले हाजिर हुन नदिएपछि अहिले उनीको काम मन्त्रालयका सचिव, सहसचिव तथा मन्त्रीसँग भेट्न खोज्ने र भेटेपछि गुनासो पोख्ने भएको छ । यस विषयमा मन्त्री तथा सचिवले चासो नदेखाएको उनीहरूको भनाइ छ। (नागरिक दैनिकमा समाचार छ)

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ९ : ४१ बजे