चैत्र ६, २०८० मंगलबार Tue Mar 19 2024

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । हिजो बिहीबार बस्नुपर्ने मन्त्रिपरिषदको नियमित बैठक आज बस्न लागेको हो । दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह भोलिबाट अवकाशमा जाँदै छन् । चैत १० अर्थात आज उनलाई बिदाइ गरिने छ । सिंहको अवकाशसँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा छ ।

५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरु आईजीपीको दाबेदार हुन् । चैत ६ मा एआईजीमा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुन् । तर, उनीहरूमध्ये एक जना आइजीपी बन्नेछन् ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ९ : १४ बजे