चैत्र ६, २०८० मंगलबार Tue Mar 19 2024

चन्द्रनगरमा मदरसा पढ्ने बालबालिकालाई स्कुल ब्याग वितरण



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा मदरसा पढ्ने बालबालिकालाई स्कुल ब्याग बितरण गरिएको छ। गाउँपालिकाले मदरसा पढ्ने ८ सय मुस्लिम समुदायका बालबालिकाहरुलाई स्कूल ब्याग वितरण गरेको हो ।

मदरसा पढने मुस्लिम बालबालिकालाई लिल्ली लिभ्स काठमाडौंको सहयोगमा भोर नेपालले ब्याग वितरण गरेको हो ।

गरिब नवाज फरिदटोल, मदरसा समिनुल, मदरसा नुरिया जियाउल ईस्लाम मोहनपुर, अल जमैत उरैजिया पोखरिया गरी सात ओटा मदरसामा ब्याग वितरण गरिएको छ।

चन्द्रनगर गााउँपालिका अध्यक्ष राजकुमार महतोको रोहबरमा लिल्ली लिभ्सले मदरसा पढने छात्र तथा छात्राहरुलाई शैक्षिक सामग्री राख्न सहजता होस भन्ने उदेश्यले स्कुल ब्याग वितरण गरेको भोर नेपालको अध्यक्ष पच्चुलाल माझीले जानकारी दिए ।

खासगरी शिक्षाको मुलधारबाट बन्चितमा परेका मदरसाका बालबालिकाहरु राज्यबाट पाउने विभिन्न सेवासुविधाबाट बन्चित हुने अवस्थालाई मध्यनजर गर्दै चन्द्रनगर गाउँपालिकाको मदरसाहरुमा पढने बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ८ : ५५ बजे