बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

विगत ६ वर्षमा गर्न नसकेका काम पछिल्लो ६ महिनामा सम्पन्न



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सडक पिच, नाला र फुटपाथ व्यवस्थापन गर्न स्थान खाली गर्ने निर्माण शुरु गर्ने काम विगत ६ वर्षदेखि हुननसकेर अलपत्र परेको थियो । यसरी ६ वर्षदेखि अलपत्र अवस्थामा थन्किएर बसेका स्थानीय कामहरु पछिल्लो ६ महिनाको पहल र अनवरत प्रयासबाट सफलतापूर्वक सम्पन्न भएको हो।

चन्द्रनगर गाउँपालिका अन्तर्गत फुलजोर–त्रिभुवननगर हुलाकी सडक खण्डको बबरगन्ज दक्षिणी टोलमा विगत ६ वर्षदेखि अलपत्र परेको पिच सडक र नाला निर्माणको लागि स्थान खाली गर्न र निर्माण शुरु गराउन रोकिएको थियो ।

यसरी विगत वर्षदेखि सडक पीच, निर्माण र फुटपाथ व्यवस्थापन गर्ने काम विभिन्न कारणले रोकिएको थियो । देशकै महत्वपूर्ण पूर्वाधार निर्माणको काम सम्पन्न जग्गा उपलब्ध गराएर सहयोग गर्ने जग्गाधनी, टोलबासी, जनसमुदाय, प्राविधिक, प्रसाशण र ठेकेदार लगायत सम्पूर्णमा गाउँपालिकाले धन्यवाद दिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ८ : ५० बजे