चैत्र ६, २०८० मंगलबार Tue Mar 19 2024

गाउँपालिकाद्वारा क्रिकेटर जिसीलाई सम्मान



प्युठान । क्रिकेट खेलाडी प्रतिस जिसीलाई झिमरुक गाउँपालिकाले सम्मान गरेको छ।

गाउँपालिकाले जिसीलाई एक लाख रुपियाँ नगदसहित सम्मान पत्रका साथै खादा ओढाएर सम्मान गरेको हो । जिसी झिम्रुक गाउँपालिका ३ लामासेराका स्थायी बासिन्दा हुन् ।

जिसीले विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै एक दिवसीय विश्वकप छनोट खेलेका थिए ।
क्रिकेट खेलमार्फत प्यूठान जिल्ला र झिमरुक गाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको भन्दै गाउँपालिकाले उनलाई सम्मान गरेको हो ।

गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल र अमेरिका बस्ने कुसराजले जिसिलाई खेल क्षेत्रमा थप हौशला मिलोस भनेर ब्याक्तिगत रुपमै ५०÷५० हजार रुपियाँ प्रदान गरेको जनाइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ९ : ३५ बजे