चैत्र ६, २०८० मंगलबार Tue Mar 19 2024

गाउँपालिका महासंघ सुदूरपश्चिममा शाही



कैलाली । सुदूरपश्चिम गाउँपालिका महासंघको दोस्रो अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका महासंघको दोस्रो अधिवेशनले लोकेन्द्रबहादुर शाहीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

डोटीको केआईसिंह गाउँपालिकाका अध्यक्ष शाही महासंघको अध्यक्षमा निर्वाचित भएका भएका छन् ।

त्यस्तै उपाध्यक्षमा खप्तडछान्ना गाउँपालिका बझाङका अध्यक्ष उत्तमबहादुर रोकाया निर्वाचित भएका छन् । सचिव र सहसचिवमा क्रमशः गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया र तुर्माखाद गाउँपालिका अछामका अध्यक्ष डम्बरबहादुर बिसी निर्वाचित भएका हुन् ।
कोषाध्यक्षमा मार्मा गाउँपालिका अध्यक्ष जमानसिंह धामी निर्वाचित भएका छन् ।

सदस्यमा नृप खड्का, भगवती चौधरी, विष्णुदेवी नाथ, जगतसिंह ठगुन्ना, मञ्जु महरा, डोल्मा तामाङ, माधवी जोशी, वसन्तबहादुर चलाउने, मैना रावल र रेखादेवी कठरिया निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ९ : २४ बजे