चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्ष र सचिव ५० हजार घुससहित पक्राउ



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्यक्ष र वडासचिवलाई घुससहित रंगेहात गरेको छ ।

आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई गएराति ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो ।

उनीहरूलाई बुधबार जनकपुरधाम–६ को रामजानकी अस्पताल नजिकैबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  १ : २७ बजे