३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

भीमदत्त उत्कृष्ट कृषक पुरस्कार कैलालीका तीनजना किसानलाई प्रदान



कैलाली । कैलालीको भीमदत्त नगरपालिकाका तीन जना किसानलाई कृषि क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ ।

उनीहरुलाई सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयले पुरस्कार प्रदान गरेको हो ।
पुरस्कृत हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका– ५ का रामकिसुन चौधरी, घोडाघोडी नगरपालिका –८ का पहलवान देउवा, लम्कीचुहा ९ का खड्क बहादुर महतो रहेका छन्।

कृषि विकास निर्देशनालयले बुधबार धनगढीमा एक कार्यक्रमको आयोजना गरेर उनीहरूलाई जनही २५ हजार रुपैयाँ र सम्मान–पत्रसहित पुरस्कृत गरेको हो।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ८ : २८ बजे