चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

राप्रपाका शीर्ष नेताद्वारा पूर्वराजा समक्ष भेटवार्ता



काठमाडौं । राप्रपाका शीर्ष नेताले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाले पूर्वराजालाई भेटेका हुन् ।

पछिल्लो समय राप्रपासँग पूर्वराजा शाह असन्तुष्ट रहेको समाचार आइरहेका बेला झापाको दमक पुगेर राप्रपाका शीर्ष नेताले पूर्वराजासँग भेटवार्ता गरेका छन् ।

निर्वाचनपछि प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा गएको भन्दै पूर्वराजा शाह असन्तुष्ट बनेका थिए । सोही कारण उनी दुर्गा प्रसाईको अभियानमा सरिक भएको बताइएको छ । तर प्रसाईको स्वार्थ पूर्वराजपरिवारलाई प्रयोग गरेर बैंकको साढे पाँच अर्ब ऋण नतिर्ने बुझेपछि पूर्वराजा शाहले प्रसाईलाई छाडेको स्रोतले बतायो ।

राप्रपाले हिन्दु राष्ट्र पुनः स्थापना, संवैधानिक राजतन्त्र स्थापनालगायतको एजेन्डा लिएर संसदमै बोल्दै आएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन बहिष्कार गरेपछि पूर्वराजा शाहले राप्रपासँग सम्बन्ध सुधार गरेको स्रोतले बतायो ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ४ : २१ बजे