१३ भदौ २०८३, शनिबार Sat Aug 29 2026

बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम स्थगित



हेटौँडा।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रम आज रोकिएको छ।

बागमती प्रदेश सभाबाट विश्वासको मत लिनेगरी आज तय भएको कार्यक्रम नयाँ गठबन्धनमा रहेका दलहरुबीचको असमझदारीका कारण अन्तिम समयमा आएर स्थगित भएको हो ।

मुख्यमन्त्री जम्कट्टेलका स्वकीय सचिव विजय बुर्लाकोटीले आजका लागि तय भएको विश्वासको मत लिने कार्यक्रम स्थगित भएको जानकारी दिए।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ४ : १७ बजे