माघ ५, २०८१ शनिबार Sun Jan 19 2025

गोदावरी नगरपालिकाद्वारा किसानलाई उन्नत जातको बोका वितरण



काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले व्यावसायिक किसानलाई बोयर जातको बोका दिएको छ । नगरपालिकाले बाख्राको नस्ल सुधार्न र उन्नत जातको पाठापाठी उत्पादन गर्न भन्दै १३ वटा बोयर बोका उपलब्ध गराएको हो ।

नगर प्रमुख गजेन्द्र महर्जनले किसानलाई हस्तान्तरण गरेका बोकाहरु बोयर जातका हुन् । गोदावरी नगरपालिका पशु शाखाका अनुसार एउटा बोकालाई सरदर ४८ हजार रुपैयाँ पर्छ ।

४८ हजार मुल्य पर्ने उक्त बोयर जातका बोकाको मुल्यमा ५० प्रतिशत किसानले बेहोरेका छ्न् । त्यसैगरी ती बोकाका ५० प्रतिशत लगानी नगरपालिकाले गरेको छ । नगर प्रमुख महर्जनले किसानको आर्थिक अवस्था सुधार गर्नका लागि उक्त बोका उपलब्घ गराएको बताए ।

नगरपालिकाले अघिल्लो वर्ष आर्थिक वर्ष पनि १४ वटा बोयर बोका किसानलाई दिएको बताइएको छ । नगरपालिकाले हस्तान्तरण गरेको बोकामा बोयरको जातीय गुण ७५ प्रतिशत रहेको गोदावरीका पशु शाखा प्रमुख ईश्वरप्रसाद घिमिरेको भनाइ छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ९ : ५५ बजे