काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईविरुद्ध वडाध्यक्षहरु संघर्ष शुरु गरेका छन् । उनीहरुले आफूहरुको अपमान गरेको भन्दै मेयर राईविरुद्ध हातमा कालोपट्टी बाँधेर जनताको नियमित काम गरेका हुन् । त्यस्तै, मेयर सा
म्पाङ्का सहायक स्वकीय सचिवले उपमहानगरको लेटरप्याडमा वडाध्यक्षहरुलाई निर्देशन दिएको भन्दै विरोध गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकालका अनुसार मेयरका सहायक स्वकीयले वडाध्यक्षहरुलाई अहिलेसम्म वडाले गरेको गतिविधि पठाउन २९ फागुनमा निर्देशन गरेका थिए । उक्त पत्रले आफूहरुको अपमान भएको वडाध्यक्षहरुको भनाइ छ ।