वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९र८० को राजस्व संकलनको विवरण सार्वजनिक गरेको छ । महानगरपालिकाले गत ८ महिनामा २८ करोड ४७ लाख ५१ हजार २ सय ६४ रुपैयाँ ६६ पैसा राजस्व संकलन गरेको हो । यो गत आर्थिक वर्ष ०७८र७९ को ८ महिनाको भन्दा ११ करोड २ लाख ४७ हजार ३१ रुपैयाँ ८५ पैसाले कमी भएको महानगरले जनाएको छ । गत आर्थिक वर्षको फागुन मसान्तसम्म महानगरले ३९ करोड ४९ लाख ९८ हजार २ सय ९६ रुपैयाँ ५१ पैसा राजस्व संकलन गरेको बताइएको थियो ।
राजस्व व्यवस्थापन शाखाका अधिकृत मनोज कर्णले फागुनमा धेरै विदा भएकोले राजस्व संकलन कम भएको बताएका छन्। उनी भन्छन्, ‘होलीमा ४ दिन सहित फागुनमा १४ दिन जति त विदा नै भयो, त्यसले गर्दा राजस्व संकलन प्रभावित भएको छ,’ उनले भने, ‘अझ मालपोतबाट घरजग्गा रजिष्ट्रेसन दस्तुर आउन बाँकी छ, ठूला करदातालाई पनि ताकेता गरिरहेका छौं ।’
महानगरपालिकाले सम्पत्ति कर, घर जग्गा रजिष्ट्रेसन दस्तुर, घर बहाल कर, सवारी साधन कर, पूर्वाधार उपयोगमा लाग्ने कर, ओखटेपहारमा लाग्ने कर, न्यायिक, नक्सापास, सिफारिस तथा नाता प्रमाणित दस्तुर, व्यक्तिगत घटना दर्ता लगायतका शीर्षकमा राजस्व संकलन गर्दै आएको छ ।