माघ ५, २०८१ शनिबार Sun Jan 19 2025

तारकेश्वर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



काठमाडौं । तारकेश्वर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविरको आयोजनामा गरिएको छ । सो शिविरको आयोजना सशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल–भारत महिलामैत्री समाजको संयुक्तमा सहयोगमा आयोजना गरिएको हो ।

उक्त निःशुल्क स्वास्थ्य शिविरको आयोजना नेपाल ए.पि.एफ. अस्पतालका विशेषज्ञ चिकित्सकहरुद्धारा तारकेश्वर नगरपालिका–५ अर्यालटार खेलकुद मैदानमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

उक्त शिविरमा साधारण स्वास्थ्य परीक्षण, नाक–कान–घाँटी, आँखा, हाडजोर्नी, बाल रोग, स्त्री रोग र अल्ट्रासाउण्डजस्ता सेवा प्रदान गरिएको नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष एवम् संघीय सांसद चन्दा चौधरीले बताइन् । उनका अनुसार सो शिविर तारकेश्वर नगरपालिका ५ नम्बर वडा कार्यालय र रुद्रेश्वर महिला विकास समितिको सहकार्यमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा नेपालस्थित् भारतीय दूतावासका प्रथम सचिवहरु नवीन कुमार र नेपाल ए।पि।एफ अस्पालकी मेडिकल प्रमुख नेहा पाण्डेको सहभागिता रहेको थियो । चौधरीका अनुसार सो अवसरमा ६ वटा ह्विलचियर पनि प्रदान गरिएको थियो । साथै, निःशुल्क औषधपनि वितरण गरिएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  २ : ०१ बजे